रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।"
नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएका छन्। अर्थमन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०।८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ।
सरकारी अधिनायकवाद, अनुदारवाद र अलोकतान्त्रिक रवैया तथा सहकारी ठगी विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारदेखि सशक्त सडक आन्दोलन थालेको छ । लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको हो ।
मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न आग्रह गरेकी छिन् ।
विश्वमै दुर्लभ मानिएको रेडपाण्डा(हाब्रे)को संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले मण्डला रंगमन्चका कलाकारहरुको अभिनयमा निर्माण भएको जनचेतनामूलक सन्देश(पीएसए)मंगलबार प्रदर्शन गरिएको छ । रेडपाण्डा संरक्षण दूत कलाकार दयाहाङ राईको नेतृत्वमा निर्माण भएको सन्देशमुलक भिडियोमा कलाकारहरुले रेडपाण्डाको वास्तविक चित्रण गरेका छन् ।
नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसद्लाई ब्यारेक बनाइएको आरोप लगाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसद्लाई ब्यारेक बनाइएको आरोप लगाएको हो ।
नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ । मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाटै पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको हो ।