रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
जेठ महिनामा मात्रै देशमा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा सो बराबरको आयात भएको हो ।"
दुग्ध विकास संस्थान (डीडीसी) अनियमितता, बेथिति र भ्रष्टाचारका कारण थिलथिलो बन्दै गएको छ । नेपालका ४६ संस्थानमध्ये दुग्धजन्य पदार्थको संकलन र बिक्री वितरण गर्ने सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थान वित्तीय कारोबारमा धरासायी बन्दै छ ।
काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विरोध नभएको दिन विरलै पाइन्छ । केही दिनअघिसम्म न्यूरोडबासीहरु विरोधमा थिए भने रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायी आन्दोलित छन् । स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित बालेन साँच्चै स्वतन्त्र भएर काम गरिरहेका छन् । स्वतन्त्रताका नाममा संविधान र कानुन नै उल्लघंन गरेकोप्रति औंला उठाइएको छ । बालेनका कतिपय निर्णयहरु सर्वोच्च अदालतले नै खारेज गरिदिएको दृष्टान्तहरु प्रशस्त छन् ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली नागरिकता प्राप्त एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) यतिबेला विवादमा तानिएको छ । टी २० क्रिकेटका विषयलाई लिएर क्यानका पदाधिकारीहरु आलोचित छन् । यसै सिलसिलामा अध्यक्ष चतुरबहादुर चन्दले एमाले सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् । उनले आचार्यले लगाएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।"
भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले नेपाली भाषामा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । गान्तोकको पालजोर स्टेडियममा उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गरेका हुन् ।
धादिङकी शोभा पाठक पक्राउ परेकी छन्। पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन्। प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।