लर्ड एस्क्रफ्टको पोखरा भ्रमणको संदर्भमा राजेश मिश्रको थप जानकारी - रुपान्तरण
 २०८३ जेठ ३, आईतबार    

लर्ड एस्क्रफ्टको पोखरा भ्रमणको संदर्भमा राजेश मिश्रको थप जानकारी


–राजेश मिश्र

रुपान्तरण डट कममा प्रकाशित मेरो पछिल्लो लेख  https://rupaantaran.com/news/2291 मा म बाट एउटा त्रुटी भयो पनि, भएन पनि । लेखको अन्तिम पंक्तिमा मैले लेखेको थिएँ : चीन चूप छ । यो सहि यस अर्थमा छ कि नेपालका राजनीतिक गतिविधिका बारेमा चीनले औपचारिक रुपले केही बोलेको छैन । गलत यस अर्थमा कि, “ड्रागन मेडिया” मार्फत तीन दिन अघिनै चीनको आक्रोश अनौपचारिक रुपमा प्रकट भैसकेको रहेछ ।

"ड्रागन मेडिया" नेपालमा दर्ता भएको एक न्यूज पोर्टल रहेछ । त्यसमा एक चिनियाँ अधिकारीले बोलेको कुराको सारांश : नेपाल योजनाबद्ध रुपले चीनप्रति कृतघ्न हुँदैछ । यसको शुरुवात सन १९९० देखिनै भएको हो । नेपालले तिब्बती पृथकतावादीलाई आश्रय मात्र दिएको छैन, नागरिकता समेत दिएर चीनको अखंडतामाथि धावा बोल्ने चेष्टा गरेको छ । नेपाली संचार माध्यममा पश्चिमा स्वार्थको लगानी छ । बेईजिंगमा मिठो कुरा गरेर काठमाडौं फर्किने बित्तिकै चीनको ढाडमा छुरा घोप्न नेपाली राजनीतिज्ञहरु खप्पीस छन ।

नेपाल बिरुद्ध चीनले औपचारिक, अनौपचारिक कुनै पनि किसिमले यस्तो आक्रोश प्रकट गरेको इतिहास थिएन । चीनका पुराना राजदूत नेपालबाट फिर्ता भएर नयाँ आउन बाँकी छ । यसैबीचमा ड्रागन मेडियामा आएको कुरालाई सामान्य रुपले लिन मिल्दैन ।
ड्रागन मेडियाका संचालक प्रेमसागर पौडेल एक बर्षमा आधा दर्जन पटक चीन भ्रमणमा ब्यस्त हुन्छन । उनी ड्रागन मेडियाकै भगिनी संस्था डाँफे टीभीका संचालक पनि हुन । त्यसबाहेक उनी नेपाल-चीन सहयोग समाजका अध्यक्ष पनि हुन । उनी “ईलन्ते एक्सपोर्ट ईम्पोर्ट” नामक व्यापारिक कम्पनीका मालिक पनि हुन, जसको शतप्रतिशत ब्यापार चीन संग हुने गरेको छ ।

प्रधानमन्त्री शुशीला कार्कीले दलाई लामाको शुभकामना सन्देश पाएको घटना लामाको सत्तरी वर्ष लामो कार्यकालको पहिलो दक्षिण एशियाली राजनीतिक तिकडम थियो । नेपाललाई प्रयोग गरेर संकेत दिन पश्चिमाले गरेको यो हर्कतबाट चीन यसै चिढिएको थियो । गत साता दलाई लामाको एउटा लेफ्टिनेन्ट नेपाल भ्रमणमा आउँदा विमानस्थल देखि बौद्ध सम्म जुन प्रकारको स्वागत सत्कार भयो, त्यसमा नेपालको चुनावी सरकारले जस्तो उत्साह प्रदर्शन गर्यो, त्यसपछि चीन चूप लागेन । भदौ २३ र २४ को ‘टीओबी’को प्रकरण त आफ्नो ठाउँमा छदैछ ।

जेन-जी नामको विध्वंशबाट उदाएको सुशीला कार्की, नेपाली सेना, रास्वपा र छद्मभेषी बालेन साहको सरकारप्रति चीनको यो बक्रदृष्टिले अनिष्टको संकेत गर्दैछ ।