काठमाडौं शहरमा विहान चार बजेसम्म डिस्को - रुपान्तरण
 २०८३ जेठ ५, मंगलबार    

काठमाडौं शहरमा विहान चार बजेसम्म डिस्को


काठमाडौं। काठमाडौँ जिल्लामा मध्य राती १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ। मङ्गलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौँमा मध्य राति १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो।

रात्रि कालिन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो। बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जानकारी गराएको छ।

निर्णय अनुसार मदिरा पसलहरू राति १० बजेसम्म, रेस्टुरेन्टहरू राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म र डिस्को तथा क्लब बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

रात्रि कालिन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। अहिले धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेस्टुरेन्ट बन्द गराउँदै आएको छ। न्युज कारखाना