एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता
- रुपान्तरण
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गरेको प्रतिक्रिया दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पार्टीलाई कब्जा, बदनाम, एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नयाँ दल दर्ता गरेको बताए ।