चुनाव हारेपछि झलनाथ खनालको बिलौना
- रुपान्तरण
पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन ठूलो समूह सक्रिय भएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ आफूलाई हराउन सुरुदेखि नै केही तत्वहरु सक्रिय भएको उनको भनाइ छ । आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई बधाई दिँदै उनले आफूलाई हराउने योजना नै बनाइएको पनि दाबी गरेका छन्।