राष्ट्रपतिको अन्तिम निर्णयको जिम्मा प्रचण्डलाई
- रुपान्तरण
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिको उम्मेदवारका लागि राष्ट्रिय सहमतिको खोजी गर्ने पनि बैठकले निर्णय गरेको छ ।