रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन् । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको उनले बताए । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गरे ।"
निर्माण व्यवसायीहरुले सरकारले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् ।
सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेर सोही दिन नै राजपत्रमा प्रकाशित भएर ऐनको रुपमा आइसकेको भए पनि त्यसलाई कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका हुन् ।
सरकारले नयाँ नागरिकता ऐन जारी गरेर राजपत्रमा सूचना प्रकाशित गरेलगत्तै नागरिकता वितरण गर्ने भएको छ । नागरिकता ऐन र नियमावली अनुसारनै आइतबारबाट सबै जिल्ला प्रशासनबाट नागरिकता जारी हुने गृह मन्त्रालयले जनाएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र अब दुई गुटमात्र रहेको दाबी गरेका छन् । उनले कांग्रेसमा परिवर्तन अवश्यम्भावी रहेको भन्दै अब परिवर्तन चाहने र रोक्ने गरी दुई गुटमात्र रहेको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा संझौता भएको छन् । नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती संझौता भएका हुन् ।
चारदिने भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । बुधबार त्यसतर्फ प्रस्थान गरेका दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका थिए ।"