रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
काठमाडौं । कोरियामा बसेर गैर आवासीय नेपालीहरुको मुद्दामा लामो समयदेखि क्रियाशील केपी सिटौलाले एनआरएनएको आसन्न ११औं महाधिवेशनमा सचिब पदमा उम्मेदवारी दिएका छन् । दक्षिण कोरियामा रहेर व्यवसाय गर्दै आएका सिटौला विदेशमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन पनि सक्रिय छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने प्रसंगका बीच उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले स्पष्टीकरण दिएका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् ।
असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौमा हुन गइरहेको एनआरएनएको ११औं महाधिवेशनमा बुद्धि सागर सुवेदीले महासचिब पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै सोमबार विहान सोल्टी होटलमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर उनले महासचिबमा उम्मेदवारी दिएका हुन् ।
‘टिम महेश’बाट कतारस्थित एक सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।