रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पास गराउने गरी प्रमुख प्रतिपक्ष दल एमालेको सहमति खोज्न थालेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजा र तिनका भरौटेहरू गणतन्त्रविरुद्ध दुशाहसपूर्ण ढङ्गका गतिविधि गर्ने जमर्को गरिरहेका बताएका छन् । मङ्गलवारबाट काठमाडौँमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८.८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।
नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९।०८०) नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।
खको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, मा रहेको विन्द्रासैनी क्लवले ‘स्पिकर अफ चामुण्डाबिन्द्रासैनी–२०८०’ गर्ने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागिएकोे हो ।
सरकारको प्रभावकारिताको मूल्यांकन बजेट खर्चको आधारमा गर्ने कि ? सरकारका मन्त्रीहरुको भाषणका आधारमा गर्ने कि ? अहिलेसम्म भएका सामाजिक–सांस्कृतिक रुपान्तरणका आधारमा गर्ने कि ? देशको आर्थिक उत्पादन र रोेजगारीको हिसावमा गर्ने ? मेरो बिचारमा सरकारले मूलतः जनताको जीविकासंग जोडिएका कामलाई प्राथमिकता दिनु पर्दछ । जन–जीविका नै आजको मूल प्रश्न हो ।""
सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यावसायिक घराना चौधरी समूहका सदस्य अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका पूर्वकार्यकारी प्रमुख अजितनारायाण सिंह थापालाई चार दिन हिरासतमा लिएर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।